आज अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

सुर्खेत । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउने भएका छन् । दक्षिण तथा मध्यएसिया हेर्ने विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५ सय मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लुको भ्रमणबारे औपचारिक घोषणा गरेको हो । ‘लु अहिले दक्षिण एसिया भ्रमणमा छन् ।

सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्यएसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमा पर्छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री नियुक्त भएका हुन् ।