विशिष्ट श्रेणीको परिचयपत्र पाउने कलाकारको संख्या १०३ पुग्यो

काठमाडौं । सरकारबाट विशिष्ट श्रेणीको सरकारी परिचयपत्र प्राप्त गर्ने कलाकार १०३ जना पुगेका छन् । चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप ६३ जना कलाकारलाई विशिष्टता सरकारी परिचयपत्र प्रदान गरेसँगै यो परिचयपत्र प्राप्त गर्ने कलाकारको संख्या १०३ पुगेको हो ।


यसअघि २०७३ सालमा सरकारले ४० जना कलाकारहरुलाई यो परिचयपत्र प्रदान गरेको थियो । परिचयपत्र प्राप्त गर्नेमा अभिनेता तथा निर्माता भुवन केसी, हास्य अभिनेता तथा निर्देशक सन्तोष पन्त, निर्देशक ज्ञानेन्द्र देउजा, निर्माता नरेन्द्र महर्जन, बोर्डका पूर्व अध्यक्ष तथा निर्देशक दयाराम दाहाल, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, नगेन्द्र खड्का क्षेत्री, अर्जुनजंग शाही, रवि गिरी, सानुकुमार ताम्राकार, रिदीचन्द्र श्रेष्ठ, राजाराम पौडेल, मञ्जिल श्रेष्ठ, उज्वल घिमिरे, पवन मैनाली, सुन्दरलाल श्रेष्ठ, शिव ढकाल, वीरेन्द्रनारायण श्रेष्ठ, किरण केसी, जुजुभाइ महर्जन, जय श्रेष्ठ, मदन घिमिरे, प्रकाशचन्द्र सुवेदी, देशभक्त खनाल, नानीबाबु महर्जन, उत्तम केसी, अर्जुन श्रेष्ठ, गोपालकाजी कायस्थ, राजेन्द्र सलभ, दिनेश डीसी, धीरेन शाक्य, आरपी पन्त, हिमाल केसी, सुशील पोखरेल, भोला रिजाल, दयाराम दाहाल, वनिशविक्रम शाह, नरेन्द्र महर्जन, माधव थपलिया, लक्ष्मणविक्रम बस्नेत, कुलबहादुर महत, उद्धवराज भट्टराई, कमल मैनाली, ज्योतिलाल राना, मनोजकुमार आचार्य, मुकुन्दकिशोर भट्टराई, किशोरकुमार ढकाल, नारायण प्रधान, उत्तम दुवा, शिवहरि वैरागी, चिरञ्जीवी बस्नेत, दीर्घ गुरुङ, लव वैष्णव, मनोजकुमार केसी, केशवप्रसाद पण्डित, रीता राना, सपना श्रेष्ठ, प्रदीपलाल श्रेष्ठ, रामकाजी घिमिरे, विकासराज आचार्य, विजय देउजा, ज्ञानेन्द्र देउजा, मदनमान बज्राचार्य र राजकुमार पोखरेल छन् ।