सुनको भाउ ५ सय रुपैयाँले बढ्याे

काठमाण्डाै । हप्ताको पहिलो दिन आज सुनको भाउ ५ सय रुपैयाँले बढेको छ ।

अस्ति तोलामा ९४ हजार रुपैयाँ रहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ ।

चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।