मुख्यमन्त्री शाही: जो जहाज उडाउन छोडेर ‘प्रदेशको पाइलट’ बने

सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका छन् । हुम्ला निर्वाचन क्षेत्र ‘ख’ प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित शाही तीन दलीय गठबन्धनकाका तर्फबाट मुख्यमन्त्री बनेका हुन ।

कर्णालीमा काँग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र प्रदेश सभा सदस्य शाहीलाई नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) का तीन जना गरी २१ सांसदको समर्थन छ । कर्णाली प्रदेश सभामा ३५ सदस्य छन् । जसमा १८ जना भए बहुमत पुग्छ ।

प्रदेशमा प्रत्यक्षतर्फ पार्टीबाट एक्लै चुनाव जितेका र जम्मा ६ जना सदस्य हुँदा पनि मुख्यमन्त्री बन्ने अवसर पाएका शाही वि.स. २०२१ फागुन १९ गते बुबा मानबहादुर शाही र आमा बेलकली शाहीको सन्तानको रुपमा खार्पुनाथ गाउँपालिका–५ (तत्कालीन खर्पेल गाविस) मा जन्मिएका हुन्। उनले स्थानीय विद्यालयबाट प्रारम्भिक शिक्षा लिएपछि काठमाडौँ पढेँ । माध्यमिक शिक्षा बुढानीलकण्ठ स्कुलमा, उच्च शिक्षा त्रिचन्द्र बहुमुखी क्याम्पस काठमाण्डौँमा लिए । उनले राजनीति शास्त्रबाट स्नात्तकोत्तर गरेका छन् ।

पाइलट बन्ने सपना लिएर अमेरिका गएका मुख्यमन्त्रीले पाइलट कोर्स सकेपछि दुई वर्ष पाइलटका रुपमा कार्यरत थिए । तर उक्त पेशालाई बिट मार्दै राजनीतिमा होमिए । हवाई हजाज उडाउने पाइलट पेसालाई बिट मारेर राजनीतिमा लागेका शाहीले अहिले सफलता प्राप्त गरेका छन् । उनलले प्रदेश हाँक्ने जिम्मेवारी पाएका छन् अर्थात जीवनबहादुर शाही अहिले ‘कर्णालीका पाइलट’ बनेका छन् ।

 उनी सामुदायिक रेडियो कैलाशका संस्थापक अध्यक्षसमेत हुन । रेडक्रस, सहकारी, विद्यालय व्यवस्थापन समितिमा आवद्ध भएर सामाजिक कार्य गरे । नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पसको इकाइ सदस्यका रुपमा उनले विद्यार्थी राजनीति गरे । त्यसपछि उनी कर्णालीहित समितिको सहसचिव बने । खास गरी उनी पाइलट  भइसके पछि मुलराजीतिमा प्रवेश गरेका हुन । उनी नेपाली काँग्रेसको हुम्लाको संस्थापक सभापति हुन । उनले २०४६ देखि २०६२ सम्म हुम्लाको सभापतिको रुपमा रहे । हाल उनी नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुन । उनी २०६८ देखि २०७२ सम्म नेपाली काँग्रेसको महाकाली इन्जार्च समेत हुन ।

२०७० मा दोस्रो संविधानसभा सदस्यमा निर्वाचन भएका उनी संसदको विकास समिति सदस्य र कर्णालीविकास उपसमितिको संयोजक समेत भएर काम गरे । विस २०७३ मा नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री,खानेपानी तथा सरसफाइ मन्त्री समेत भएका हुन् ।  २०५५ मा  जिल्ला विकास समितिको सभापति, जिल्ला विकास समितिमहासंघ केन्द्रीय सदस्यसमेत भएका थिए ।

नेपाली भाषासहित अंग्रेजी, हिन्दी, स्पेनिस, जर्मनी, लामाखाम भाषाको राम्रो ज्ञान भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले हालसम्म अमेरिका, बेलायत, चीनसहित १४ भन्दा बढी देशहरुको भ्रमण गरेका छन् ।