एमाले महासचिव पोख्रेल सुर्खेत

सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोख्रेल सुर्खेत आइपुगेका छन् । सुर्खेतमा आयोजना हुन लागेको बृहत कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रमका लागि पोखे्रल सुर्खेत आइपुगेका हुन् ।

महासचिवलाई स्वागत गर्न पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश ईन्चार्ज यामलाल कँडेल, पार्टी केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला सह ईन्चार्ज मोहनमाया ढकाल लगाएतका नेता तथा कार्यकर्ताहरु सुर्खेत विमानस्थलमा पुगेका थिए ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सुर्खेत आईपुगेका महासचिव पोख्रेलले नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पार्टी कार्यालय समेत उद्घाटन गरेका छन् । वीरेन्द्रनगर ८ सुर्खेतमा रहेको पार्टी कार्यालयको विधिवत रुपमा महासचिव पोख्रेलले आज विहान उद्घाटन गरेका हुन् ।

सुर्खेत सभा कक्षमा आज ११ बजे बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने र महासचिव पोख्रेल , पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश ईन्चार्ज यामलाल कँडेल लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।