सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल मर्जरमा जादै, सम्झौता आज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने अन्तिम सहमति गरेका छन् । सम्झौता आज हुदैछ  ।

बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सगरमाथा र लुम्बिनी जनरल  इन्स्योरेन्स  कम्पनीले सहमति जुटाएका हुन् । यि दुई कम्पनीको मर्जर सफल भएमा बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी सहज रुपले पुग्नेछ ।

हाल सगरमाथाको चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैयाँ छ भने लुम्बिनीको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ६४  करोड रुपैयाँ पुग्नेछ ।

बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जिबन  बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।