अश्लिल दोहोरी गाउने कलाकारले मागे माफी

काठमाडौं । अश्लिल लाइभ दोहोरी गाउने करिब डेढ दर्जन कलाकारले माफी मागेका छन् । अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोपमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले स्पष्टीकरण सहितको पत्र काटेपछि उनीहरुले माफी मागेका हुन् ।

आइतबार राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको कार्यालयमा उपस्थित भएर उनीहरुले माफी मागेको प्रतिष्ठानका विकृति विसंगति रोकथाम कार्यदलका संयोजक शिव हमालले जानकारी दिए । ‘प्रतिष्ठानले अश्लिल गीत गाएको आरोपमा २० कलाकारलाई पत्र काटेर स्पष्टीकरण सोधेको थियो’ हमालले थपे ‘तीमध्ये केही बाहेक धेरैले स्पष्टीकरणसहित माफी मागेका छन् । आइन्दा गल्ती नदोहोर्याउने र गरिरहेकालाई समेत सिकाउने भन्दै प्रतिबद्धता सहित कलाकारले माफी मागेको हमालको भनाई छ ।

हुन त यस अगाडि यस्ता माफी र स्पष्टीकरणको श्रृखंला नभएको हैन । तर लाइभ दोहोरीमा छाडा र अश्लिलपन भने रोकिएको छैन ।