स्थानीय तह निर्वाचनको समिक्षा रिर्पोट पेश गर्न पालिका कमिटीलाई निर्देशन

सुर्खेत । नेकपा एमाले सुर्खेतले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा रिर्पोट पेश गर्न जिल्लाका सबै पालिका कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलको प्रमुख आतिथ्यतामा मंगलबार बसेको जिल्ला सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको समिक्षा गरिनुका साथै असार १० गतेसम्म सबै पालिका कमिटीले लिखित रुपमा समिक्षा रिर्पोट पेश गर्न निर्देशन दिएको हो । गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो ।  एमाले जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार मंगलबारको बैठकमा पालिका कमिटीहरुले मौखिक रुपमा स्थानीय तहको निर्वाचनको समिक्षा रिर्पोट राखेका थिए ।

यस्तै सबै उमेर पुगेका नागरिकलाई असार १ गतेबाट मतदाता नामावली संकलनमा नाम समावेश गराउन अनुरोध गर्ने निर्णय पनि गरेको छ । अबदेखि पार्टी विधान अनुसार स्थानीय तह संचालन गर्न सबै पालिकाका कमिटीलाई बैठकले निर्देशन दिएको छ ।

बैडकमा प्रदेश इन्चार्ज कंडेलले समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीका आगामी कामका सम्बन्धमा इन्चार्ज कंडेलले निर्देशन समेत  दिएका थिए ।