भारत–बङ्गलादेश तेस्रो रेल सेवा सुरु

भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । दुवै देशका अधिकारीले झन्डा फहराएर द्विदेशीय रेल सेवाको सुरुआत गरेका छन् ।

पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद नुरुल इस्लामले आ–आफ्नो देशका झन्डा फहराएर सेवा सुरु गरेका हुन् ।

भारत–बङ्गलादेश रेल सेवाबाट दुई देशबीचका नागरिकको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताउनु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मिताली एक्सप्रेसको गएको मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो तर कोभिड–१९ महामारीका कारण सेवा सुरु हुन सकेको थिएन ।