इंग्लिस क्लब चेल्सी किनबेचको प्रकृया पूरा

इंग्लिस फुटबल क्लब चेल्सी किनबेचको प्रकृया पूरा भएकाे छ । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा इंग्लिस क्लब चेल्सी किनेका छन् ।

धनाढ्य बोहलीले ४ दशमलव २५ विलियन पाउण्डमा चेल्सी किनेका हुन् । योसँगै चेल्सी किनबेचको प्रक्रिया पूरा भएको छ । चेल्सी किनेपछि बोहलीले क्लबको संरक्षक बन्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेच्ने प्रकृया सुरु भएको थियो । अब्रामोविचले सन् २००४ मा चेल्सी किनेका थिए ।