राजस्थान र चेन्नई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।

राजस्थान आज साविक विजेताविरुद्ध जित निकाल्दै प्ले अफ पुग्न चाहन्छ । राजस्थान १३ खेलमा १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

चेन्नई भने आफ्नो अन्तिम खेलमा जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । चेन्नई १३ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।चेन्नई यस अघि नै प्ले अफ होडबाट बाहिरिसकेको छ ।