क्यानडासँग अभ्यास खेलको लागि नेपाललाई प्रताब

काठमाडौं । क्यानडास्थित नेप्लिज क्यानेडियन कम्युनिटीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई क्यानाडासँग मैत्रीपूर्ण खेलको लागि प्रस्ताब गरको छ ।

सोमबार नेप्लिज क्यानेडियनक अध्यक्ष किरोज श्रेष्ठले नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर बिनोद दससँगको भेटमा नेपाललाई यस्तो प्रस्ताब गरेका हुन् ।

नेपालले आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरका जानुअघि क्यानाडामा अभ्यास खेल खेल्न प्रस्ताब आएको बिनोद दासले खेलपाटीलाई जानकारी गराए ।

‘क्यानाडामा रहेको नेप्लिज कम्युनिटीले क्यानडाको राष्ट्रिय टिमसँग अभ्खेयास लको प्रस्ताब गरेको छ, हामीले क्यानाडासँग पनि कुरा गर्दै छौं ।’ बिनोद दसले भने, ‘जबसम्म भिसाको टुंगो लाग्दैन हामीले सुनिस्चित गर्ने अवस्था भने छैन ।’

दासले श्रेष्ठसँगको भेटमा भिसाको कुरा टुंगो लागेपछि मात्र भ्रमणको बारे कुरा अघि बढाउने जानकारी गराएको समेत बताए ।

‘भिसाको टुंगो लागेपछि अमेरिका जानु भन्दा पहिले त्यहाँको नेप्लिज कम्युनिटीको सहकार्यमा क्यानडा जाने छलफल भएको छ ।’  दासले थपे, ‘सबैकुरा राम्रो भए क्यानडाको राष्ट्रिय टिमसँग ५० ओभरको खेल खेल्न पाउने छौं ।’

नेपालले आईसीसी विश्वकप लिग टुको आफ्नो चौंथो सिरिजमा अमेरिका र स्कटल्याण्डसँग अमेरिकामा एकदिवसीय सिरिज खेल्दै छ । सबैकुरा व्यवस्थित भए नेपालले अमेरिका प्रस्थान गर्नुअघि मेको अन्तिममा क्यानडामा उसको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेल्ने छ ।