हुम्लाको सिमकोटको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला भाम रोकाया विजयी बनेका छन्।

विजय भण्डारीले २ हजार ८ सय ८२ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार महेन्द्रबहादुर शाहीले १ हजार ९ सय ६९ मत प्राप्त गरे।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी सुशीला भाम रोकायाले २ हजार ४ सय ६४ मत प्राप्त गरेकी छन्। उनकी प्रतिद्वन्द्वी एमालेकी प्रतिमा लामाले १ हजार ४ सय ५६ मत प्राप्त गरेकी छन्।