कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार


सुर्खेत । खाना पकाउने ग्यास चुहिएर भएको आगलागीबाट घाइते भई भारतको मुम्बइको नेशनल बर्न्स सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् सांसद डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनलाई आज बुधवारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।

यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा आजदेखि भने मुखबाटै खाना खुवाइएको सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिए । डा. भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि आठ लिटर अक्सिजन दिइएकोमा आज बिहानदेखि छ लिटरमा झारिएको छ ।

गएको बुधवार राति काठमाण्डौको घरमा ग्यास लिक भएर आगलागीमा परि डा. भण्डारी घाइते भएका थिए । उनको आमाको भने कीर्तिपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।