सुर्खेत । भेरीगंगा नगरपालिकाका ३ वटा वडाको मतगणना सम्पन्न भएको छ । १३ वटा वडा रहेको भेरीगंगा नगरपालिकामा तीन वटा वडाको मतगणना सम्पन्न भएको हो ।
हालसम्म दुई वटामा नेपाली काँग्रेस र एक वटा वडामा नेकपा माओवादी केन्द्रले जितेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १ मा नेपाली काँग्रसका दिनेश पुलामी मगरले ३३३ मत र वडा नं ३ मा नेपाली काँग्रेसका जित बहादुर सुनारले ६०८ मत ल्याएर विजयी भएका छन् ।
यस्तै वडा नं २ मा नेकपा माओवादी केन्द्रका चिरन्जीबी बुढाले ५०७ मत ल्याएर विजयी भएका छन् । तीन वटा वडाको मतगणना गर्दासम्म भेरीगंगामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगर प्रमुखमा नेपाली काँग्रेसका राम बहादुर सिंहले एक हजार ७९४ मत ल्याएर अग्रह स्थानमा रहेका छन् भने नेकपा एमालेका यज्ञ प्रसाद ढकालले एक हजार ४२७ मत ल्याएका छन् ।
उपप्रमुखमा माओवादी केन्द्रका नन्द बहादुर कार्कीले एक हजार ८७५ मत ल्याएर अग्रह स्थानमा रहेका छन् भने एमालेका धनसरा बोहोराले एक हजार २०८ मत ल्याएकी छन् । भेरीगंगामा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको छ ।


फरकबाटो १ जेष्ठ २०७९, आईतवार १८:३७