थाइल्यान्डमा ४२ वर्षीय पिटाको नेतृत्वमा नयाँ पार्टीको उदय

सुर्खेत । थाइल्यान्डमा गत आइतबार भएको निर्वाचनमा सेनानिकट पुराना दललाई उछिन्दै विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी)ले पहिलो स्थान हासिल गरेको छ । सन् २०२० मा गठन भएको प्रगतिशील पार्टी एमएफपीले ५ सय सदस्य हुने संसद्को निर्वाचनमा १५२ सिट जितेको हो ।

४२ वर्षीय पिटाको नेतृत्वमा ३ वर्षअघि स्थापित एमएफपीसँग सेनानिकट पुराना दलको हार भएको हो । २० वर्षदेखि चर्चित रहेको अर्को विपक्षी दल फेउ थाईले भने १४१ सिट जितेको छ । यी दुई दलले मिलेर थाइल्यान्डमा सरकार बनाउने सम्भावना छ । वर्तमान प्रधानमन्त्री प्रयुत चान–ओचा नेतृत्वको सत्तारूढ दल युनाइटेड थाई नेसन पार्टी ९यूटीएन०ले यस चुनावमा ३६ सिट मात्र जितेको छ ।

एक दशकयता सेनाको समर्थनप्राप्त पुराना दलहरूले थाइल्यान्डमा शासन गर्दै आएका थिए । ती पार्टीलाई यस पटकको निर्वाचनमा पनि जनताले शासनका लागि अयोग्य ठहर गरेका छन् ।