नेपाल जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित

काठमाण्डाै । जिम्बावे ‘ए’ सँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे एक सय ३७ रनकाे सामान्य लक्ष्य जिम्बावे ‘ए’ ले २७ ओभरमा सात विकेट गुमाएर भेटायाे । जिम्बावे ए ‘का’ लागि इनाेसेन्ट कायाले नटआउट ४८ रन बनाए । सेफास झुवाले ३२ र ब्राड इभान्सले नटआउट १७ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले दुई/दुई विकेट लिए । यस्तै साेमपाल कामी र सागर ढकालले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल ३१ ओभर ३ बलमा एक सय ३६ रनमै अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए । बलिङतर्फ जिम्बावे ‘ए’ का लागि ब्राड इभान्सले चार विकेट लिए ।

नेपाल र जिम्बावे ‘ए’ ले तीन खेलकाे एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । अब दाेस्राे एकदिवसीय खेल भाेलि शनिवार हुनेछ भने तेस्राे एकदिवसीय साेमवार हुनेछ ।