एसिया कप : अफगानिस्तान र भारत भिड्दै

काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ । सुपर चार अन्तर्गत बिहीबार हुने खेलमा भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा हुनेछ । एसिया कपबाट बाहिरिसकेका दुबै टोली सान्त्वना जितको खोजीमा रहेका छन् ।

पाकिस्तान र श्रीलंकाले फाइनलमा स्थान बनाईसकेका छन् । भारत र अफगानिस्तानले ३ टी-ट्वान्टी खेलेकामा तीनै खेल भारतले जितेको छ । पछिल्लो पटक टी-ट्वान्टी विश्वकप २०२१ मा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको थियो।

प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् । समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका थिए ।