वीरेन्द्रनगरको प्रमुखका स्वतन्त्र उम्मेदवार शर्मा भन्छन्, ‘शिक्षा मेरो पहिलो प्राथमिकता’


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार भिमप्रसाद शर्माले शिक्षालाई पहिलो प्राथमिकता दिने बताएका छन् ।

उनले राजनीतिक दलहरुका कारण विद्यालयको अवस्था सुधार हुन नसकेको भन्दै विद्यालय बनाउन र गुणस्तर शिक्षा तथा प्रविधियुक्त शिक्षाका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले शिक्षा र चेतनाको अभावले विकास हुन नसकेकोले आफुले शिक्षालाई पहिलो प्राथमिकता राखेको उल्लेख गरे । उनले विद्यालयमा पर्याप्त शिक्षक र कर्मचारी व्यवस्था, पर्याप्त खानेपानीको व्यवस्था गर्ने, सफा स्वस्छ नगर, अपराधरहितको शान्तिपूर्ण नगर बनाउने प्रतिवद्धता गरेका छन् ।

उनले गुणस्तरिय स्वास्थ्य, रोजगारी र स्वरोजगार भइ आत्मनिर्भर हुन सहुलियतको व्यवस्था गर्ने, बाल श्रम शून्य बालमैत्री नगर गराउने र प्राकृतिक स्रोत साधनको समूचित उपयोग गर्नेलगायतका प्रतिवद्धता गरेका छन् ।