सुर्खेत । उम्मेवारहरु जनतासँग भोट माग्न घरदैलो अभियानलाई तिव्रता दिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु भोग माग्दै जनताको घरदैलो गरेका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु जनतासँग भोट भाग्न व्यस्त छन् । विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उठेका उम्मेदवाहरु चुनाव चिन्ह र प्रचारप्रचार समाग्रीसहित जनताको घरदैलो अभियानमा जुटेका हुन् । उम्मेदवारहरुले ठाउँठाउँमा जनसभाको आयोजना समेत गरेका छन् । निर्वाचनमा जित्ने दाबीसहित मतदाता फकाउन दलहरु व्यस्त भएका हुन् ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले सुर्खेतका सबै वडाका टोलटोलमा घरदैलो अभियानलाई तिव्रता दिएको बताए । उनले घरदैलोमा देखिएको उत्साहले एमालेले जित्ने पनि दाबी गरे ।
यस्तै नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले केही स्थानीय तहहरुमा चुनावी तालमेल गरेर साझा उम्मेदवार बनाएका छन् । उम्मेदवारहरु जिताउन घरदैलो अभियान, प्रचारप्रसार अभियानलाई दलहरुले तिव्रता दिएका हुन् । नेपाली काँग्रेसका जिल्ला सभापति खड्क बहादुर पोखरेलले पालिका प्रमुखदेखि वडा तहसम्मका उम्मेद्वारहरु, नेता कार्यकर्ता सबै घरदैलो अभियानमा जुटेको बताए ।
फरकबाटो १९ बैशाख २०७९, सोमबार १३:२८