पार्टीभित्र टिकट वितरणमा अनियमितता भयो : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट वितरण गर्दा अनियमितता भएको बताएका छन् ।

आज प्रेस विज्ञप्ति निकालेर उनले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भएको आरोप लगाए ।

टिकट वितरणमा अनियमितता भएको सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाए । उनले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गरे ।