पूर्व खेलाडी थापाको निधन

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पूर्व खेलाडी नन्दा कला थापाको निधन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तथा टिम म्यानेजर मधुसुधन उपाध्यायले सामाजिक संजालबाट थापाको निधन भएको जनाएका छन् ।

थापा नेपाल महिला फुटबल संघको सहायक कोषाध्यक्ष समेत रहेकी थिइन् ।

थापाको श्रीमान र एक छोरी छिन् ।