आईपीएल क्रिकेटमा कोलकाता विजयी, हैदराबाद ५ रनले पराजित


सुर्खेत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । हिजोराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ रनले हराउँदै कोलकाता विजयी भएको हो । हिजोराति भएको खेलमा जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदराबाद ८ विकेटको क्षतिमा १६६ रनमै समेटियो ।

हैदराबादका लागि कप्तान एडन मारकरमले सर्वाधिक ४१ रन बनाए । हेनरिक क्लासेनले ३६, अब्दुल सामदले २१, राहुल त्रिपाठीले २० र मयंक अग्रवालले १८ रन बनाए । कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले दुईरदुई विकेट लिए भने वरुण चक्रवर्ती, अङ्कुल रोय, अन्द्रे रुसेल र हर्शित रानाले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

कोलकाताका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए भने क्याप्टेन नितिश रानाले ४२ रन बनाए । यस्तै, आन्द्रे रुसेलले २४, ज्यासन रोयले २० र अन्कुल रोयले १३ रन जोडे । हैदराबादका लागि मार्को जनसेन र टी नटराजनले दुईरदुई विकेट लिए भने मयङ्क मरकान्डे, अडिन मारकरम, भुवनेश्वर कुमार र कार्तिक ट्यागीले एकरएक विकेट लिए ।

जितसँगै कोलकाता दश खेलमा चार जित र ६ हारका साथ आठौँ स्थानमा रहेको छ । हैदराबाद ९ खेलमा ३ जित र ६ हारकासाथ अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।