मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह आज , ५१९ जना विद्यार्थी दीक्षित हुँदै

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आज हुँदैछ ।

विश्वविद्यालयले दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भईसकेको जनाएको छ । दीक्षान्त समारोह विहान ११ बजेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगर–८ कुइनेपानीमा हुनेछ ।

समारोहमा भने प्रधानमन्त्री एवंम विश्वविद्यालयका कुलपति शेर बहादुर देउवा सुर्खेत नआउने भएका छन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले देउवा सुर्खेतमै उपस्थित हुने भने पनि अन्तिममा सुर्खेत आउने कार्यक्रम रद्द भएको जानकारी दिए ।

समारोहको प्रमुख अतिथि भने भारतका नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी सुर्खेत आइपुगेका छन् । दीक्षान्त समारोहमा ५१९ जना विद्यार्थी दीक्षित हुँदैछन ।