
हुुम्ला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलिले चुनावमा जो जता मिलेर गठबन्धन गरे पनि एमालेलाई फरक नपर्ने बताएका छन् ।
आइतबार हुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलिले चुनाव पछि एमाले पहिलो पार्टी हुने बताए । उनले भने, ‘एमालेको पक्षमा जनलहर आएको छ । चुनावमा जो जता मिलेर गठबन्धन गरे पनि एमालेलाई फरक पर्दैन् । निर्बाचनपछि पनि एमाले पहिलो पार्टी बन्छ ।’
उनले वैशाख ३० गतेको स्थानीय तह निर्वाचन अपरिहार्य भएको उल्लेख गरे । देश निर्वाचनमय भएको बताउनुहुँदै अध्यक्ष ओलीले निर्वाचन अब कसैले रोक्न र छेक्न नसक्ने दावी गरे । कुनै पक्ष निर्वाचन रोक्नेतर्फ लागेमा दुर्घटना हुने उनले बताए । उनले देश नै चुनावी माहोलमा होमिएको बताए । । स्थानीय निर्बाचनबाट जनताका नजिकका जनप्रतिनिधिहरु छानिने भएकाले सबैको चासो रहेको उनको भनाई छ ।
आगामी स्थानीय तहको निर्वाचन निष्पक्ष र स्वच्छ वाताबरणमा जनप्रतिनिधि छनौट गर्ने नेपाली जनतामा जिम्मेवारी आएको उनले बताए ।

फरकबाटो ४ बैशाख २०७९, आईतवार १७:४४