
काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवम् कार्यकर्तालाई आग्रह गरेको छ । आज बिहीवार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पालिका चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवम् कार्यकर्तालाई आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्धारित समयमै पालिका चुनाव गर्न तयारी अन्तिम चरणमा पुगेको अवस्थामा चुनावबारे शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरूप्रति आयोगको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘निर्धारित समयमै पालिका चुनाव गर्न तयारी अन्तिम चरणमा पुगेको छ । चुनावबारे संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका नेता एवम् कार्यकर्ताबाट आएको अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ । चुनावबारे अलमल सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।
प्रवक्ता पौडेलले पालिका चुनावका लागि आवश्यक पर्ने एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाका लागि ७० लाख ३३ हजार थान मतपत्र छापिएको जानकारी दिए ।

फरकबाटो १ बैशाख २०७९, बिहीबार १७:१६