पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको बाइडेनकाे आरोप

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको आरोप लगाउनु भएको  छ ।

Democratic presidential candidate, former Vice President Joe Biden, speaks during a campaign event, Tuesday, July 14, 2020, in Wilmington, Del. (AP Photo/Patrick Semansky)

पुटिनको आदेशमा युक्रेनमा गएको फेब्रुअरी २४ देखि रुसी सेनाले आक्रमण गर्दै आएको छ ।  रुसी सैनिकले गैरसैनिकको हत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताउनुभएको छ ।  पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनको भनाइ छ । युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका छन् । अमेरिकाले यसअघिसम्म रुसले युक्रेनमा युद्ध अपराध गरेको बताउँदै आएको थियो ।