स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि भण्डारीलाई स्वीकृत दिएकी हुन् ।

राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।