एमाले सुर्खेतले सात जनालाई जिल्ला कमिटी सदस्यमा मनोनीत गर्‍यो

सुर्खेत । एमाले सुर्खेतले सात जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । आइतबार सम्पन्न एमाले सुर्खेतको सचिवालय बैठकले सात जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको हो ।

बैठकले विभिन्न पार्टी बाट एकता तथा समायोजनको रूपमा एमालेमा सामेल भएका ७ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ । प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाका अनुसार लालमणी पौडेल ,रत्नबहादुर बुढा, बिमला थापा, रतन बिक, गोरख शाही, अम्मर बहादुर सिंह र यानप्रसाद शर्मालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको छ ।

यस्तै बैठकले जिल्ला सल्लाहकार परिषद गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले प्रदेश सल्लाहकार परिषदमा ३२ जना लाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

 बैठकले  गंगाराम तिमिल्सिना रहने गरी नौ सदस्यीय जिल्लाको प्रचार तथा प्रकाशन विभाग गठन गरिएको छ । यस्तै बैठकमा वटै पालिकाका पार्टी इन्चार्जहरु बाट आ –आफ्नो पालिकाको बारेमा जानकारी गराएका थिए । जिल्ला ब्यापी रूपमा एमालेको पक्षमा जनलहर चलेको र पुर्ण आत्मबिश्वासका साथ निर्वाचनमा होमिन सम्पुर्ण नेता ,कार्यकर्ता तथा आम शुभचिन्तक ,समर्थकहरुलाई जनताको बिचमा जान पनि बैठकले निर्देशन दिएको छ ।

एमाले सुर्खेतले आगामी वैशाख ३ गते जिल्ला कमिटीको बैठकको आयोजना गरिएको छ ।