पाकिस्तान : प्रधानमन्त्री इमरान खानविरुद्धकाे अविश्वास प्रस्ताव खारेज

एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज भएको छ । पाकिस्तानको नेशनल एसेम्बलीले आज आइतवार उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेको हो । प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदानअघि नै नेशनल एसेम्बलीका उपसभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गरेका हुन् ।

अविश्वास प्रस्ताव खारेज भएसँगै प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधित गर्दै संसद् भङ्ग गर्दै चुनाव गराउनका लागि राष्ट्रिपति आरिफ अल्भीसमक्ष सिफारिस गरेको बताएको बीबीसीले जनाएको छ ।

देशलाई सम्बोधन गर्दै उहानले भने, ‘देशविरुद्ध यति ठूलो षड्यन्त्र भइरहेको थियो र आज असफल भयो । चुनावको तयारी गर्न जनतालाई आग्रह गर्दछु ।’

यसअघि पाकिस्तानको नेशनल एसेम्बलीमा विपक्षको अविश्वास प्रस्तावलाई उपसभामुख कासिम खान सूरीले संविधानको धारा ५ को उल्लङ्घन गर्ने बताएका थिए ।