कुकुरले शिशुको शव ल्याएको विषयमा अनुसन्धान गरी दोषिलाई कार्वाही गर्न अस्पतालको अनुरोध


सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज शनिवार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापर्बाही नभएको प्रष्टीकरण दिएको छ । अनुसन्धान गरी कार्वाहीका लागि अस्पतादले जिल्ला प्रहरी कार्यालयलाई पचात्रार गरेको छ ।

अस्पतालका प्रवक्ता डा. विकास केसीले कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ छानबिन सुरु गरेको जानकारी दिए । घटनाका विषयमा अस्पतालले छानविन गरेको र नवजात शिशुको रेकर्ड हेर्दा विगत एक हप्तादेखि दुई जनाको मात्र मृत्यु भएको र ती शव आफन्तहरुलाई  जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

डा केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सीसीटीभी फुटेज हेर्दा अस्पतालको उत्तरतर्फको झाडी भएको क्षेत्रबाट बिहान साढे ७ बजेतिर कुकुरले मृत शिशु च्यापी अस्पतालमा प्रवेश गरेको देखिएको उल्लेख गरेको छ ।

तस्बिर  : हरि कँडेलको फेसबुकबाट