यूएईले नेपाललाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाण्डाै । पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई दुई सय ६४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रन बनायाे । यूएईका लागि राेहन मुस्तफाले ५३, मुहम्मद वसीमले ४४, वृत्य अरविन्दले ४० रन बनाए । बलिङतर्फ गुलसन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

आजको खेलमा नेपालबाट अर्जुन साउद र हरिशंकर शाहले डेब्यु गरेका छन् । रोहित पाैडेलकाे कप्तानीमा नेपालकाे याे पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएकाे शुक्रवार राेहितलाई कप्तान नियुक्त गरेकाे थियाे ।

नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । दोस्रो खेल पर्सि बुधवार र तेस्राे तथा अन्तिम खेल आउँदाे शुक्रवार हुनेछ ।