पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । र, पीएनजीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।

दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो । दोस्रो खेल शनिबार हुनेछ ।

युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो ।

उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेट तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पीएनजीविरुद्ध युवा खेलाडीलाई मौका दिने बताएका छन् ।

कप्तान सन्दीपले समेत यस सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिने बताए ।