२५ वर्षपछि ‘लुकी लुकी’ को म्युजिक भिडियो

काठमाडौं: धिरज राईको ‘लुकी लुकी’ बोलको गीतको भिडियोसहित सार्वजनिक भएको छ। ट्रि इन्टरटेन्मेन्टले २५ वर्षअघिको गीतमा नयाँ भिडियो सार्वजनिक गरेको हो।

२५ वर्ष अगाडि नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडियोमा धिरज राईलाई मात्र देख्न सकिन्छ।

नयाँ म्युजिक भिडियोमा धिरजकै शब्द,संगीत र स्वर रहेको छ। माइकल चन्दको निर्देशन रहेको भिडियोमा आँचल शर्माको साथै राज र डेलविस फिचर्ड छन्।

दर्शकको चाहनाअनुसार म्युजिक भिडियो बनाएको धिरज बताउँछन्। ‘मलाई दर्शकले सधै गीतको भिडियो बनाउन भन्नुहुन्थ्यो। युट्युबमा गएर गीत खोज्दा २५ वर्ष अगाडिको पुरानो भिडियोमात्र देखिन्थ्यो। अहिले गीत हेर्ने पनि जमाना भएकाले भिडियो बनाएको हुँ,’ उनले भने।

म्युजिक भिडियोमा उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन रहेको छ।