शाहरुखको कमब्याक फिल्म ‘पठान’को टिजर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको कमब्याक फिल्म ‘पठान’को पहिलो टिजर सार्वजनिक भएको छ। शाहरुखको जन्मदिनको अवसर पारेर बुधबार युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।

एक्सन जनरामा बनेको फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् भने निर्माण आदित्य चोपडाको हो। फिल्ममा शाहरुख केन्द्रीय पात्र पठानको भूमिकामा देखिएका छन् भने दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ।

सन २०१८ को डिसेम्बरमा जिरो प्रदर्शन भएको चार वर्षपछि पठान आउन लागेको हो। यो शाहरुखको करिअरको सबैभन्दा लामो विश्राम पनि हो। पठान २०२३ जनवरी २५ देखि प्रदर्शनमा आउँदै छ।