आज प्रतिनिधिसभा बैठक बस्दै


सुर्खेत । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन,नयाँ बानेश्वरमा सो बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५ औँ वार्षिक प्रतिवेदन २०७७/०७८ तथा १६ औँ प्रतिवेदन २०७८/ ०७९ पेश गर्नेछन्।