एनएसएल अक्सनका लागि खेलाडीको सूची सार्वजनिक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करणको अक्सनका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ । एनएसएलले मंगलबार अक्सनका लागि २ सय ४२ खेलाडीकाको सूची सार्वजनिक गरेको हो ।

अक्सनका लागि खेलाडीहरुलाई क्याटेगोरी ‘ए’, ‘बी’ र ‘सी’ मा राखिएको छ । क्याटेगोरी ‘ए’ तर्फ ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’ तर्फ समान १ सय १ खेलाडी रहेका छन् ।

एनएसएलले सूचीमा रहेका खेलाडीहरुलाई दर्ता गर्न समेत आह्वान गरेको छ । दोस्रो संस्करणको एनएसएलमा १० टिमको सहभागिता रहनेछ ।