सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै । सुनको भाउ आज फेरि घटेको छ ।

सुनकाे भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।