युएईमा हुने सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्ने

काठमाडौं ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा हुने सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्ने भएको छ  ।

नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । सिरिज अन्तर्गत युएई, नेपाल र पीएनजी सहभागी छन् । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।  नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् । ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता १२ खेल खेलेको स्कटल्यान्ड (१६ अंक), १६ खेल खेलेको अमेरिका (१४), १० खेल खेलेको युएई (१२) तथा ९ खेल खेलेको नामिविया (१०) दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् ।

नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ । पीएनजीले भने १२ मध्ये कुनैपनि खेलमा जित हात पारेको छैन ।