काठमाडौं । अमेरिकाको राष्ट्रिय महिला फुटबल टिमले पुरुष खेलाडी सरह समान तलब पाउने भएका छन् । युएस सकर फेडेरेसनले महिला खेलाडीलाई पुरुष सरहको तलब र सेवासुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

युएस सकर र महिला टिमबीच समान तलब र सेवासुविधाको विषयमा सम्झौता भएको छ। पछिल्लो समय महिला खेलाडीले पुरुष बराबर तलब र सेवासुविधाको माग गर्दै आईरहेको थियो ।
पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित २८ महिला खेलाडीले गत २०१९ मा मुद्दा दर्ता गरेका थिए । तर, त्यस मुद्दा अदालतले खारेज गरेको थियो ।
समान तलबबारे सम्झौता भएपछि कप्तान एलेक्स मोर्गनले अविश्वसनीय दिन भएको बताएकी छिन् । ‘हाम्रो लागि यो एक अविश्वसनीय दिन हो,’ मोर्गनले भनेकी छिन् ।

फरकबाटो ११ फाल्गुन २०७८, बुधबार १०:४०