अमेरिकाले आफूहरूलाई थप हतियार दिने वाचा गरेको युक्रेनकाे भनाइ

एजेन्सी । अमेरिकाले आफूहरुलाई थप हतियार दिने वाचा गरेको युक्रेनले जनाएको छ । तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना युक्रेनमा परिचालित नहोस् भन्ने चाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले बताएका छन् ।

epa09775309 Ukraine’s Foreign Minister Dmytro Kuleba speaks to the press as he arrives for the EU Foreign Affairs Council meeting in Brussels, Belgium, 21 February 2022. The meeting will focus on the ongoing situation in Ukraine amid tensions with Russia. EPA-EFE/OLIVIER HOSLET

अमेरिकाले युक्रेनलाई रक्षासम्बन्धी सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । साथै रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ । रुसले क्राइमिया गाभ्दा पनि अमेरिकाले यसैगरी प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो प्रतिबन्ध त्यो भन्दा कडा रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएकाछन् ।

अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी बैंकको व्यापारमा रोक लगाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक पनि रद्द गर्नुभएको बीबीसीले जनाएको छ । रुसमाथि प्रतिबन्ध लगाएपछि युक्रेनले यो कदमको प्रशंसा गरेको छ । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गरेका हुन् ।