काठमाडौँ । सुनको भाउ साताको पहिलो दिन आज ९आइतबार० प्रतितोला १०० रुपैयाँका दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

फरकबाटो ८ फाल्गुन २०७८, आईतवार ११:२२