‘बी’ डिभिजन लिग फागुन १८ बाट

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल फागुन तेस्रो साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने जनाएको छ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन् ।

लिगको पहिलो दिन तीन खेलहरु हुने छन् । पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युथ क्लब तथा तेस्रो खेलमा विरगंज युनाईटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल तालिका :

No description available.

No description available.

No description available.