पुनम, दीपा र इन्दिराद्वारा सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । डिफेन्डर पुनम जर्गा मगर, मिडफिल्डर दीपा राई र मिडफिल्डर इन्दिरा राईले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि तीनै खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

राखेप सदस्य सचिव टंक लाल घिसिङले तीनै जना खेलाडीलाई ब्लेजर लगाएर बिदाइ गरे । तीनै खेलाडी त्रिभुवन आर्मी क्लबबाट क्लब फुटबल खेल्ने गर्छन ।