देशभर वर्षा, पहाडी र हिमाली जिल्लामा हिमपात

सुर्खेत । देश भर वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।

पानी परेसँगै  सुर्खेतको रतु, रातानाङ्ला, दैलेखको गुराँशे र अन्य जिल्लाका उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो ।

हिमपातसँगै चिसोले त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ । हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ ।

यस्तै गएरातिदेखि देशभर पानी परिरहेको छ । देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ ।

शनिबारदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने मौसमविद्ले बताएका छन् ।