काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जनामा संक्रमण देखिएको छ। एक दिनमा २ लाख ८१ हजार १०९ जनामा कोरोना संक्रमण ठिक भएको छ।
तर संक्रमणका कारण मर्नेको संख्या चिन्ताको कारण बनेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार ७३३ जनाको मृत्यु भएको छ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख नजिक पुगेको छ। अहिलेसम्म ४ लाख ९७ हजार ९७५ जनाको कोरोनाका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
फरकबाटो १९ माघ २०७८, बुधबार ११:१५