कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बनायो

काठमाडौं । कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले कार्य सम्पादन समिति गठन गरेको हो ।

केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति शेर बहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ ।

तर सभापति देउवाले शुक्रबार ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । बाँकी ११ जना पछि मनोनित गर्ने देउवाले तयारी गरेका छन् ।