चीनमा उइगर मुस्लिमविरुद्ध मानवताविरोधी अपराध भएको राष्ट्र संघको ठहर

काठमाडौं । संयुक्त राष्ट्र संघले चीनको शिन्जियाङ क्षेत्रमा उइगर मुस्लिमविरुद्ध गम्भीर मानवताविरुद्धको अपराध भएको हुन सक्ने जनाएको छ।

एउटा प्रतिवेदनमा राष्ट्र संघले त्यहाँका शिविरहरुमा उइगर मुस्लिममाथि चरम यातना तथा महिलाहरुमाथि यौन दुव्र्यवहार गरिएको समाचारहरुहरु तथ्यपरक भएको जनाएको छ।

राष्ट्रसंघले चीनलाई शिन्जियाङमा बन्दी शिविरमा रहेका सबैलाई रिहा गरेर अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेको छ । चीनको महिनौँ लामो दबावका बीच र मिशेल ब्याचलेटको राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यकाल सकिनु केही मिनेट अगाडिमात्र राष्ट्र संघले यो प्रतिवेदन सार्वजनिक गरेको हो।

यसअघि नै प्रतिवेदनबारे जानकारी पाएको चीनले भने प्रतिवेदन झुठो भएको जिकिर गरेको छ । दश लाखभन्दा धेरै उइगर तथा अन्य अल्पसंख्यक समुदायका सदस्यहरूलाई शिन्जियाङमा बन्दी बनाइएका समाचारलाई चीनले अस्वीकार गर्दै आएको छ।  तर, यसबारे अध्ययन गरिरहेका विभिन्न व्यक्ति र संस्थाले भने त्यहाँ चीनले मानवताविरोधी अपराध भइरहेको बताएका छन्।

अमेरिकाले चीनले उगर मुस्लिम समुदायमाथि मानवताविरोधी अपराध भइरहेको भन्दै लामो समयदेखि चीनको आलोचना गर्दै आएको छ।