एजेन्सी । युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाले टिप्पणी गरेको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कुटनीतिक वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिएकी छन् ।

उत्तर एट्लान्टिक सन्धी सङ्गठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उनले यो चेतावनी दिएकी हुन् । युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्यसहित ब्रसेल्समा नेटो र रुस काउन्सिलको वार्ता भएको थियो ।
रुसले युक्रेन नेटोमा सामेल हुन नहुने बताउँदै आएको छ । सन् १९४९ मा स्थापना भएको नेटो प्रतिरक्षाका लागि बनेको गठबन्धन हो र यसमा ३० देश सदस्य छन् ।
ब्रसेल्समा भएको वार्तापछि बोल्दै रुसका उपविदेशमन्त्री अलेक्जेण्डर ग्रुस्कोले नेटोको पूर्वतर्फको विस्तारले आफ्नो देशका लागि स्वीकार गर्न नसक्ने खालको खतराहरू पैदा गरेको बताउनुभएको बीबीसीले जनाएको छ।

फरकबाटो २९ पुष २०७८, बिहीबार १५:४६