रुसले क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनमा सैन्य कानुन लागू गर्ने तयारी

एजेन्सी । रुसले आक्रमण गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू हुने भएको छ ।

रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य कानुन लागू गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । उनले रुसले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन् । तर, रुसले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएका छन् ।